काठमाडौंमा एक दम्पती मृत फेला

काठमाडौं। काठमाडौंको टोखामा एक दम्पती मृत अवस्थामा भेटिएको छ। श्रीमान् उमेश केसी र श्रीमती सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा डीएसपी प्रमेश विष्टका अनुसार गएराति उमेश बेडमा मृत फेला परेकाे र उनको शवनजिकै रगत लागेको सिलौटोसमेत फेला पारेको छ। सिलौटो प्रहरी गरी उमेशकाे हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ।

बिज्ञापन

उमेशको कानबाटसमेत रगत बगेको देखिएको छ। कोठाभित्रबाट बन्द गरिएको हुँदा अन्य मानिसले हत्या गरेको भन्ने नदेखिएको डीएसपी विष्टले बताए।उमेश बेडमा मृत फेला पर्दा श्रीमती सुदीक्षा भने झुण्डिएको अवस्थामा भेटिएको हो।घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान थालेको छ। घटनास्थलमा महानगरीय अपराध महाशाखाको टोली पनि पुगेको छ।

उनीहरू ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएको बताइएको छ। उमेश अमेरिकाबाट भर्खरै आएको पनि खुलेको छ। आएपछि नै उनीहरूबीच विवाद हुँदै आएको बताइएको छ।