गर्मीले गर्दा विद्यार्थी बेहोस हुदा शिक्षिकाहरु मोबाइल  मै ब्यस्त

मोरङ ।  सुन्दरहरैचा नगरपालिका वडा नम्बर ११ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरु आईतवार बिरामी भई बेहोस् भएका छन ।

 

बिज्ञापन

कक्षा ६ मा अध्यनरत ४ जना छात्राहरु आईतवार बिहान विद्यालय समयमा बेहोस् भएको विद्यालयका प्रधानाध्यापक सुनिल झाले बताए ।

 

उनिहरु शुक्रबार पनि विरामी भएको तर उनिहरुलाई विद्यालय नआउनु भनिएको भएता पनि आईतवार पुन विद्यालय आएको र गर्मीको कारण टाउको दुखे पछी उनिहरु बेहोस् भएको बताए ।

 

विद्यार्थीहरुलाई स्कुलमा रहेको प्राथमिक उपचार पश्चात अभिभावकको रोहबरमा घर पठाइएको झाले बताए ।

सोही बिद्यालयमा बिद्यार्थी बेहोस भएर ढलिरहेका बेला बिद्यालयमा कार्यरत शिक्षिकाहरु भने मोबाईलमा मस्त रहेका थिए ।

 

मोबाईलमा मस्त रहेको फोटो सार्बजनिक भएपछि सोही बिषयमा प्रतिक्रिया माग्दा प्रधानाध्यापक झाले सोही बिषयमा अनुसन्धान गरी गल्ति भेटिए कारबाही गर्ने बताए ।