
झापाको मेची नगरपालिका-८, मेची सडकबाट पाँच ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय सुरज पौडेल र अर्जुनधारा नगरपालिका–८ बस्ने २१ वर्षीय अंकित शर्मा रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीले को३८प ७१४९ नं.को मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
बिज्ञापन



