१४ वर्षीय बालिका बलात्कार गर्ने दुईजना पक्राउ

बर्दिया। १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुईजनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बारबर्दिया नगरपालिका-२, लठहवा बस्ने २० वर्षीय युवराज थापा र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्।

बिज्ञापन

ती बालिकालाई बारबर्दिया नगरपालिका-१, जोधिपुरस्थित बाटोमा हिँडिरहेको अवस्थामा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।