
काठमाडौँ । ज्येष्ठ मासको शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राखेर पर्वको रुपमा मनाउने गर्दछन् ।

बिज्ञापन



यस व्रतमा पानी समेत पिउँनु वर्जित छ यसैले यसलाई निर्जला एकादशी भनिन्छ । जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीको दिन आज हिन्दू धर्मावलम्बीले तुलसीको दल राख्दै छन् ।

आज छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसीको मठमा सार्ने विधान छ । वैष्णव परम्परामा यो दिन निर्जल (पानीसमेत नपिई) व्रत बस्ने परम्परा छ । दिनभर व्रत बसी भगवान् विष्णुको पूजा–आराधनासहित माहत्म्य वाचन श्रवण गरिन्छ ।
एकादशी भगवान् विष्णुसँग सम्बन्धित पर्व हो । एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा–आराधना गरिन्छ । एकादशी शुक्ल र कृष्ण पक्षमा गरी महिनामा दुई पटक पर्छ ।