आज भारी वर्षा हुने सक्ने,सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं । शुक्रबार देशभर मौसम बदली भएर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले पुर्वानुमान गरेको छ। राति प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

बिज्ञापन

देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिँदै महाशाखाले अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनीलगायत प्रदेशका केही स्थानमा पानी परिरहेको जनाएको छ ।
आगामी २४ घण्टामा भू–क्षय, पहिरो तथा गेग्रान बहाव तथा नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।