
भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको आगमनप्रति सचेत नेपालीहरुले विरोध जनाएका छन् । नरवणेको आगमनको विरोध गर्दै विमानस्थलमा यूवा तथा अधिकारकर्मीहरुले ‘गो ब्याक नरवणे’ लेखेका ब्यानरहरु देखाएर बिरोध जनाएका छन् ।




नेपाल सरकारले नयाँ नक्सा जारी गरेको समयमा नेपालीको राष्ट्रिय भावनामाथि ठेष पुग्ने गरी ‘नेपालको सरकार चाईनाको गुलाम हो’ भन्ने अभिव्यत्ति दिएपछि नरवणे नेपालीहरुको बिरोधको तारो बन्दै आएका थिए भने त्यसैको निरन्तरतामा आजको प्रदर्शन गरेको प्रदर्शनकारी अभियन्ताहरुले बताए ।

नरवणे तीन दिने नेपाल भ्रमणको क्रममा नेपाल आएका हुन् । यद्यपी नेपालका केही यूवाहरुले भने उनी आउने भन्ने थाहा भएदेखि विरोध जनाई रहेका थिए । नेपाली अभियन्ताहरु र अधिकारकर्मिहरुको यस्तो अभिव्यक्ति आउँन थालेपछि सम्भावित अप्रिय घटनालाई रोक्न उपत्यकाको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । विरोध कार्यक्रमका प्लेकार्डहरुमा कालापानी लिपुलेक, लिम्पीयाधुरा हाम्रो हो, गो ब्याक ईण्डिया, गो ब्याक नरवणे लगायतका नाराहरु लेखिएका छन् ।
भारतीय स्थल सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण र उनलाई दिन लागिएको मानार्थ रथी पदवीको अधिकांश नेपालीहरुले बिरोध गरिरहेका छन् । यसै क्रममा एक अभियन्ता तथा अधिकारकर्मी सृजना वाग्ले लेख्छिन् नेपालले आफ्नो भूभाग लिपुलेक लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्सा जारी गरेकोमा छिमेकी मुलुक चीनको गुलामीको संज्ञा दिदै पटक पटक नेपालको भौगोलिक अखण्डता बिरुद्द बोल्ने र नेपालको स्वाभिमानमा ठेस पुग्ने अभिब्यक्ति दिदै आएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकन्द नरवणेलाई स्वतन्त्र अभिभाज्य देश नेपालकी रास्ट्रपति विद्यादेवी भण्डारीबाटै गौरवमय नेपाली सेनाको मानार्थ रथी पद प्रदान गर्ने निर्णय राष्ट्रघाती छ।
देशको स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानको बिरुद्दमा छतसर्थ आफ्नो पार्टीगत र ब्यक्तिगत स्वार्थका लागि बिदेशीको चाकड़ी र चाप्लुसी गर्ने यस्ता किसिमका नीच र देश द्रोही कार्य गर्ने प्रथा बन्द गरियोस, जय स्वभिमान् शिवसेना नेपालको केन्द्रीय सह सचिव समेत रहेकी वाग्लेको साथमा मजदुर प्रमुख, मनोज कुमार सापकोटा, समाजसेवी भूमिका भण्डारी तथा निगा खड्का र अन्य युवाहरुले नेपालको अन्तराष्ट्रिय बिमान स्थलमा कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेका थिए । त्यसै गरी विभिन्न अभियन्ता र संघ संस्थाहरुले माईतीघरमा समेत प्रदर्शन गरेका छन् ।