झापाको दमकमा कोरोना संक्रमित एक युवती मृत फेला , संक्रमित थप एक पुरुषको मृत्यु

दमक/ झापाको दमकमा एक युवतीको शव फेला परेको छ ।कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि दमक ५ की २२ वर्षिया दीक्षा लिम्बु आफ्नै कोठोमा मृत फेला परेकी हुन । संक्रमण पुष्टि भएपछि उनी आफ्नै घरमा होमआइसोलेसनमा बसेकी थिईन । उनको शव आफू सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले जानकारी दिए ।

प्रहरीले उनको शव अहिले घेरा हालेर राखेको छ । नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गर्ने डिएसपी पण्डीतले बताए । दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुबेर भट्टराईले पनि ति युवतीमा कोरोना संक्रमण पुष्टि भएको बताएका छ्न ।

बिज्ञापन

यसैक्रममा दमककै थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं १ का ६५ वर्षिय फौदसिंह राई रहेका छन् । उपचारका क्रममा उनलाई कात्तिक १२ गते विराटनगरको नोवेल हस्पिटलमा संक्रमण पुष्टि भएको थियो ।उनको सोहि हस्पिटलमा आज विहान ३ बजे मृत्यु भएको हो ।