
झापा: झापाको गौरादह नगरपालिकाका जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने माग गरिएको छ । गौरादह नगर विप्लव समर्थक समुहको फेसबुक प्रोफाइल मार्फत जनसरकार प्रमुख सि एस चट्टानले उक्त सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।

चट्टानले भनेका छ्न, ‘हाम्रो महान तथा गौरबसाली पार्टी नेपाल कम्युनिस्ट पार्टी गौरादह स्थानीय जनसरकार “भ्रष्टाचार विरुद्धको अभियान” अन्तरगत गौरादह नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिको सम्पत्तिको विवरण सार्बजनिक गरिदिनु हुन नेकपा गौरादह स्थानीय जनसरकार हार्दिक अनुरोध गर्दछ।’



गौरादह नगरपालिका जनप्रतिनिधिहरु निर्वाचित भए संगै बारम्बार विवादित बन्दै आएको छ । गौरादह क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरुको भुमिकालाई समेत स्थानीयले निकै महत्त्वका साथ लिने गरेका छन् । उठान गरिएका कतिपय सवालहरु भ्रष्टाचारजन्य कसुर भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा विचाराधीन रहेको समेत बताइन्छ । बारम्बार भ्रष्टाचार र अनियमितता विरुद्ध आवाज उठाउदा पनि जनप्रतिनिधिहरु अनुत्तरित रहने गरेको स्थानीयहरु बताउछन् ।
