
काठमाडौँ, २३ असोज । सिटिइभिटीका स्थगित परीक्षा दसैंलगत्तै सुरू हुने भएको छ । गत चैत ६ गते र त्यसपछिका परीक्षा कोरोना महामारीले स्थगित गरिएकोमा ती परीक्षाहरू कात्तिक तेस्रो साताबाट सञ्चालन गरिने परिषद्ले जनाएको हो ।

बिज्ञापन




प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद सिटिईभिटीले कोरोनाभाइरस महामारीका कारणले स्थगित भएका विभिन्न तहका परीक्षा दसैंलगत्तै सञ्चालन जानकारी दिएको छ ।
परिषदबाट सञ्चालन हुने डिप्लोमा, प्रमाणपत्र तह र प्राविधिक एसएलसी तहका नियमित र आंशिक परीक्षा कोरोना महामारीले गर्दा स्थगित भएका थिए।