भारतिय सञ्चारमाध्यमलाई नेपालका पूर्व सञ्चारमन्त्री डा मिनेन्द्रले सिकाए सबक

नेपालले लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा सार्वजानिक गरेसंगै नेपालमाथि खनिएका भारतिय संचामाध्यामलाई नेपाली कांग्रेसका नेता एंव पूर्व सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले सवक सिकाएका छन् । नेपालको नयाँ नक्सालाई लिएर नेपालमाथि मात्र होईन अभिनेत्री मनिषा कोइरालालाई भारतको खाने चीनको गित गाउने जस्तो तुच्छ आरोप लगाउदै खनिएका भारतिय संचारमाध्यामलाई भारतीय न्यूज च्यानल रिपब्लिक मार्फत सबक सिकाएका हुन् ।

 

बिज्ञापन

बुधबार साँझ नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, रिपब्लिकाका सम्पादक सुवास घिमिरे र दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल केही भारतीय अतिथिसँगै बहसमा सहभागि डा रिजालले पत्रकार अर्णव गोस्वामीले चाइना युजेज नेपाल नाम दिएर संचालन गरेको कार्यक्रममा अर्णवले लामो न लामो प्रश्नको आशय नेपालले चीनको इशारामा नयाँ नक्सा सार्वजनिक गरेको भन्ने थियो ।

 

तर जवाफमा कांग्रेस नेता डा रिजालले अर्णव, तपाईंले प्रश्न गरेका हो कि कुनै मन्तव्य दिनुभएको हो भनि उल्टै प्रश्न गर्दै नेपालमा यसरी अन्तर्वार्ता नलिने स्पष्ट पारे । उनले नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद भएको र आफुहरु द्विपक्षीय छलफलबाट समस्या हल गर्न चाहेका स्पष्ट पारे ।

 

डा रिजालले नक्सामा समेटिएका भुभाग आफ्नो भएको पुष्टि गर्न यथेष्ट प्रमाण आफुहरुसंग भएको बताए । उनले भारतले पनि आफ्नो तर्फबाट प्रमाण जुटन समाधान गर्ने वार्तामा बसौं भन्ने नेपालले चाहेको बताए । उनले यो विषयमा चीनलाई जोड्नु कुनै तुक नभएको पनि बताए ।

 

त्यसपछि कार्यक्रम प्रस्तोता अर्णवले विषयलाई मोड्दै प्रधानमन्त्री केपी ओलीले संसदमा दिएको वक्तव्य स्मरण गराउदै चीनको कोरोना भाइरसभन्दा भारतबाट आएको भाइरस कडा रहेछ भन्ने तपाईंको प्रधानमन्त्रीको कस्तो बहुलठ्ठीपूर्ण तर्क हो भनि प्रश्न गरे । डा रिजालले आफु र आफ्नो पार्टीले सीमा सम्बन्धमा सरकारले लिएको अडानको समर्थन गरेको तर कोरोनाका बारेमा प्रधानमन्त्रीले के मके भने आफ्नो सरोकारको विषय नभएको बताए ।