
मंगलबार उपत्यकामा तीनसहित नौ जना कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा चार महिला र पाँच पुरुष रहेका छन् ।

आज काठमाडौंमा २, ललितपुर, तेह्रथुम, सुनसरी, चितवन र नवलपरासीमा एकएक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतक व्यक्ति ३१ देखि ७७ वर्ष उमेर समूहका व्यक्ति छन् ।
बिज्ञापन



मंगलबार देशरभ १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमित थपिएका छन् । ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा आज १ हजार ५ सय ५१ जना संक्रमित थपिएका हुन् । जसमध्ये १ हजार १७ जना उपत्यकामा हुन् ।

योसँगै संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ । जसमध्ये देशभर २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित हुन् ।