ताजपुरिया कला संस्कृति विकास समितिको दोस्रो वार्षिक उत्सब सम्पन्न

ताजपुरिया कला संस्कृति विकास समितिको दोस्रो वार्षिक उत्सब कार्यक्रम आज सम्पन्न भएको छ । ताजपुरिया समाज कल्याण परिषदको केन्द्रीय कार्यालय भवन गौरादहमा भएको कार्यक्रममा समितिका अध्यक्ष लगायत पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको हो । आज भएको कार्यक्रमको अध्यक्षताको रुपमा चन्द्र प्रसाद ताजपुरियाले आसन ग्रहण गर्नुभएको थियो भने, अतिथिहरुमा पूर्ण प्रसाद ताजपुरिया, राज कुमार ताजपुरिया, बिरेन्द्र ताजपुरिया, कालेन्द्र ताजपुरिया, भगेन्द्र ताजपुरिया, विश्व ताजपुरिया लगायतले आसन ग्रहण गर्नुभएको थियो, कार्यक्रममा स्वागत मन्तब्य भने रेणु ताजपुरियाले गरेका थिए । त्यसैगरी संस्थाका अभिभावक सरह व्यक्ति समितिका सल्हाकार श्री भविसचन्द्र ताजपुरियाको देहान्तको दु:खत सम्झनामा १ मिनेट मौन धारण कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाका विषयमा आफ्ना मन्तब्य भने, राजकुमार ताजपुरिया, दिपेस ताजपुरिया, विश्व ताजपुरिया, बाबुराम ताजपुरिया र दुर्गा प्रसाद ताजपुरिया लगायतले मन्तब्य राखेका थिए ।

आज सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्षले वर्षभरि भएका गतिबिधि, प्रगति विवरण प्रस्तुत गर्दै, ताजपुरिया जातिको कला गलालाई विकाशको गतिमा कसरी लान सकिन्छ, भन्ने बिसयमा समेत छलफल भएको थियो । यस वर्ष कोरोना महामारीका कारण सदाको वर्ष झैँ यस वर्ष भने, भब्य रुपमा वार्षिक उत्सब हुन नसकेको हो, नेपाल सरकारको नियमलाई पालना गर्दै सामाजिक र भौतिक दुरी कायम गर्दै यसपालिको दोस्रो बार्षिक उत्सब सम्पन्न भएको छ । आज सम्पन्न कार्यक्रम संचालन भने समितिको सदस्य सकेन्द्र ताजपुरियाले गर्नुभएको थिए ।

बिज्ञापन