
झापाको दमक नगरपालिकाका प्रमुख राेमनाथ ओलीमा काेराेना संक्रमण पुष्टि भएको छ ।

उनमा साेमबार पुष्टि भएको हाे । यस्तै दमक १० का वार्ड अध्यक्ष बाेधराज न्याैपानेलाई समेत संक्रमण देखिएको छ । मेयर ओलीकी श्रीमती लिलामा हिजो संक्रमण देखिएको थियोे । पदाधिकारीलाई काेराेना देखिएपछी दमक नगरपालिका र सबै वार्ड कार्यालय असाेज २३ गतेसम्मका लागि बन्द गरिएको छ ।
बिज्ञापन



