
पछिल्लो २४ घण्टामा प्रदेश- १ मा चार कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । सुनसरीका दुई पुरुष, मोरङ र प्रदेश- १ बाहिरका एक/एक पुरुषको मृत्यु भएको छ । हालसम्म ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा प्रदेश- १ स्थायी ठेगाना भएका ५७ र १४ जना अन्य प्रदेशका छन् ।

प्रदेश १ मा बुधबार १ सय ५७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय २, सुनसरीमा ४०, झापामा ९, उदयपुर र ओखलढुङ्गामा एक/एक र प्रदेश १ बाहिरका चार जना रहेका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ९८ पुगेको छ ।



प्रदेश १ मा बुधबार ५३ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट २९, विराट मेडिकल कलेजबाट सात, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, मेची अस्पताल र होटल एसियाटिक आइसोलेसनबाट एक/एक, न्युरो अस्पतालबाट एक जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ९८ पुगेको छ ।

प्रदेश १ मा बुधबार ९ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५२ महिला र १०५ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । हालसम्म १ लाख २३ हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।