नेविसंघ द्वारा पोखरा विश्वविद्यालयका ६ क्याम्पसमा तालाबन्दी, विद्यार्थीलाई आर्थिक प्रलोभनमा पारेर निति विपरीत कार्य गरेको आरोप

 

 

बिज्ञापन

काठमाडौँ । पोखरा विश्वविद्यालय नियम विपरीत डि प्लस ल्याउनेहरुलाई पनि क्याम्पसमा भर्ना गरेको भन्दै नेपाल विद्यार्थी संघले विभिन्न क्याम्पसमा तालाबन्दी गरेको छ । विश्व विद्यालयको निति विपरीत क्याम्पस प्रशासनले लिएको भर्नाको विषयमा विश्वविद्यालय कहिले सम्म मौन रहने भन्दै नेविसंघले विज्ञप्ती समेत निकालेको छ ।

स्वयम् विश्वविद्यालयले समेत नियम विपरीत परीक्षा तालिका सार्वजनिक गरिदिदा विद्यार्थी थप मारमा परेको अवस्थामा नेपाल विद्यार्थी संघ हात बाधेर बस्दैन नेविसंघ निवर्तमान सदस्य प्रेमबहादुर शाहीले बताउनु भयो ।

निति विपरीत विद्यार्थीलाई आर्थिक प्रलोभनमा पार्ने क्याम्पसलाई कार्बाही, डि प्लस पिडित विद्यार्थीलाई उचित न्याय र निति अनुसार पुन स् परीक्षा तालिका सार्वजनिक गर्न माग राख्दै पोखरा विश्वविद्यालय अन्र्तगत रहेका काठमाडौँका एपेक्स, नोबेल, लिबर्टी, एक्सल, राजधानी, एपोलो लगातका कलेजमा तलाबन्दी गरेको सदस्य शाहीले बताउनु भयो ।


हामी विद्यार्थीको समस्यामा चुप बस्न सक्दैनौँ उहाँले भन्नुभयो । यदि विश्व विद्यालयले क्याम्पस प्रशासन, परीक्षा शाखामा तालाबन्दी गरेको २४ घण्टाभित्र समस्या समाधान नभए सम्पुर्ण क्याम्पस बन्द गर्ने नेविसंघले चेतावनी दिएको छ ।