
काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
बिज्ञापन



यस्तै स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेको स्थानमा पदपूर्ति, कारबाहीका विषयमा छलफल, केन्द्रीय समितिका छलफललाई निरन्तरता दिने विषयमा समेत छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।

सचिवालय बैठक भोलि फेरि बस्ने गरी सकिएको छ ।