प्रहरी शौचालयमा थुनुवाद्वारा आत्महत्या

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा शौचालयमा पासो लगाएर आत्महत्या गरेका छन् ।

५ दिन अघि चोरीको मुद्दामा पक्राउ परेका रोशन विकले प्रहरी कार्यालय कैलालीको शौचालयमा आज बिहान पासो लगाएर आत्महत्या गरेका हुन् ।

बिज्ञापन

धनगढी उपमहानगरपालिका ५ हसनपुरका १९ वर्षीय विकले पासो लगाई झुन्डीए लगत्तै उनलाई बिहान करिब ९ बजे सेती प्रादेशिक अस्पतालमा पुरयाए पनि उनको मृत्यु भएको प्रकरीको भनाइ छ ।