
काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलाई हत्या गर्ने र गौर नरसंहार पुनः दोह्याउने धम्की दिएकी भौतिक पुर्वाधार मन्त्री रेणु यादवलाई पदबाट बर्खास्त गर्न नेकपा एमाले निकट राष्ट्रिय युवा संघले माग गरेको छ ।
केन्द्र सरकारको मन्त्री जस्तो संबैधानीक पदमा बसी सार्वजनिक मञ्चबाटै हत्याहिंशा गर्ने धम्की दिनु कानुनि राज्यको बरखिलाफ भएको भन्दै युवा संघ बाराले उनको राजिनामा माग गरेको हो ।

राष्ट्रिय युवा संघ बाराका अध्यक्ष पुरुषोत्तम साहले आज एक प्रेस विज्ञप्ती जारी गर्दै संबिधान कानुनको खिल्ली उडाउँदै मन्त्री यादवले खुलेयाम नरसंहार मचाउने खाले अभिव्यक्ती दिनु क्षमायोग्य नभएको भन्दै उनलाई तत्कालै बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासंग माग गरेका हुन् ।



अध्यक्ष साहले मन्त्री यादवले २०६३ सालमा २७ जना को हत्या गर्नेगरी भएको गौर नरसंहारको स्विकारोक्ति गरेको भन्दै उनलाई तत्काल पक्राउ गर्न माग समेत गरेका छन् ।
