
काठमाडौं। कुवेत सरकारले नेपाली सहित विदेशी नागरिकको भिसा तीन महिना थप गरेको छ ।

कुवेतमा रहेको नेपाली दूतावासका अनुसार विदेशी नागरिकको भिसा थप तीन महिना बढाउँदै नोभेम्बर ३० सम्म पुर्याइएको हो। कुवेतले यसअघि थप गरेको भिसाको अवधि आजदेखि सकिंदैछ ।
बिज्ञापन



चार्टर्ड बाहेक अन्तर्राष्ट्रिय उडानहरु सञ्चालनमा नआएको र पहिले थपेको तीन महिनाको भिसाको समय पनि सकिने भएकोले फेरि तीन महिना भिसाको म्याद थप गरिएको बताइएकाे छ ।
