झापाको दमकमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

दमक। झापाको दमकमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएका सबै पुरुष हुन् ।

भदौ १ गते गरेका स्वाब संकलनमा दमक ४ का २६ बर्षका एक जना, दमक ५ का २२,२५,२६,६२ बर्षका संक्रमित भेटिएका हुन् । ३ नम्बरका २९ र २७ बर्षिय पुरुषमा संक्रमण देखिएको हो । दमक ४ का २६ बर्षिय पुरुष साउन २० गतेदेखि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । अरु भने समुदायमा नै संक्रमण देखिएको बुझिएको छ ।

बिज्ञापन

ट्राभल हिष्ट्री नभएका दमक ५ का पुरुषमा समेत संक्रमण देखिएको बताइएको छ । उनीहरुको स्वाव गत साउन ३० गते संकलन गरेर पठाइएको थियो ।

नगरपालिकाले आधिकारिक जानकारी भने प्रकाशित गरेको छैन् । यससंगै दमकमा संक्रमितको संख्या २८ पुगेको छ भने १४ जना उपचार पछि निको भएर घर फर्किएका छन् । समुदायमा संक्रमण फैलिएपछि नगरपालिकाले ६ भदौ सम्मका लागि लकडाउन घोषणा गरेको छ । दमकमा पछील्लो समय समुदायमा संक्रमणको दर बढ्दै गएको छ।