राष्ट्रपतिले गरिन् तीन देशमा राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिला पराजुली (ढकाल) लाई स्पेन, मिलनराज तुलाधारलाई रूसी महासंघ र प्रा. डा. रामस्वार्थ रायलाई डेनमार्कका लागि राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

बिज्ञापन

त्यस्तै गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ ।