
काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २५ हजार पाँच सय ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

११ हजार ५७५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म ४ लाख ९४ हजार ६१३ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।



साथै पछिल्लो २४ घण्टामा दुई सय ४० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १७ हजार ७७ पुगेको छ ।

अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा सात हजार नाै सय १३ जना छन् । यस्तै १४ हजार ६ सय ३८ जना क्वरेण्टीनमा रहेका छन् ।
यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट चार जनाको ज्यान गएकाे छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ९९ पुगेको छ ।