
दमक ,साउन ३० । नेपाल विद्युत प्राधिकरण दमकका पाँच कर्मचारीसहित छ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल विद्युत प्राधिकरण दमकमा काम गर्ने पाँच कर्मचारीमा कोरोना देखिएको दमक नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुवेरप्रसाद भट्टराईले जानकारी दिए ।
बिज्ञापन



त्यस्तै दमक ५ बस्ने एक महिलामा पनि संक्रमण पुष्टि भएको छ । ती महिला भारतबाट फर्केर होम क्वारेन्टाइनमा बसेकी थिइन् । कोरोनाको हटस्पट बनेको विराटनगर आवतजावत गरेका कारण प्राधिकरणका कर्मचारीमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । यसबारे अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।

संक्रमण पुष्टि भएका लाई उपचारका लागि कोभिड अस्पताल पठाइने तयारी भैरहेको सदस्यसचिव भट्टराईले जानकारी दिए ।