
– सन्तोष बिष्ट

झापा। आफ्नै नगरका कर्मचारी तथा पत्रकारमाथि हातपात र दुर्व्यवहार गरेर सर्वत्र आलोचना खेपिरहेका ईटहरी उपमहानगरपालिकाका मेयर द्वरिकलाल चौधरीले सागर मिश्रमाथि गम्भीर आरोप लगाएका छ्न।




एक भिडियोमा चौधरीले यस्तो आरोप लगाएका हुन। यतिबेला उक्त भिडियो भाईरल बनिरहेको छ।
सागर मिश्र अर्थात हाल गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत। गौरादह आउनु पुर्ब उनी ईटहरी उपमहानगरका तत्कालीन कार्यकारी अधिकृत थिए।
`ईटहरी उपमहानगरमा हुदा मिश्रले लेखापाल लखनलाल चौधरी र स्टोरकिपर मनोज दाहाल संगको मिलेमतोमा सिएफएल बल्ब खरिद प्रकरणमा भ्रष्टाचार गरेका थिए। उनि सरुवा भएर गए तर मनोज दाहाल शानले यहि जागिर खाईरहेको छ त्यसैले अब मेयरको एक्सन सुरु भईसकेको छ, भ्रष्टाचारीलाई छाडदिन´- चौधरीको चेतावनीपुर्ण भाषामा भनेका छ्न।
भलै यस प्रकरणमा सागर मिश्र सहित अरु दुईजना कर्मचारीलाई अख्तियरले क्लिन चिट दिईसकेको अवस्था छ।
उक्त प्रकरणमा जनप्रतिनिधिहरुको संलग्नता नभएको कारण अख्तियारले उनीहरुलाई दोषि नठहर्याएको चौधरीले उक्ता भिडियोमा दाबी गरेका छ्न ।
अख्तियारबाट क्लिन चिट पाईसकेका मिश्र सहित अरु दुईजना कर्मचारीमाथि मेयर द्वारिकलाल चौधरीले किन यस्तो आरोप लगाईरहेका छन भन्ने कुरा अहिले चर्चाको बिषय बनेको छ।
यता गौरादह नगरपालिकाका प्रशासकीय अधिकृत मिश्र संग प्रतिक्रिया लिदा आफू यस बिषयमा जानकार नरहेको बताएका छ्न। आफुले अदालतबाट सफाई पाईसकेको र अब त्यो प्रकरणको जस्ले जस्तोसुकै आरोप लगाउदैमा केही फरक नपर्ने उनले बताए। गौरादहका मेयर रोहित शाहले भने यस बिषयमा कुनै प्रतिक्रिया दिन चाहेनन।