भीरबाट खसेको ढुङ्गा लागेर बाजुरामा एक जनाको मृत्यु

बाजुरा : भीरबाट खसेको ढुङ्गा लागेर एक जना नेपाली सेनाका प्युठको मृत्यु भएको छ ।

कर्णाली करीडोरमा काम गर्ने बर्ष ३८ का नेपाली सेना दिल बहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बिज्ञापन

 

भण्डारी बाजुराकै हिमाली गाउँपालिका ४ का रहेका बुझिन आएको प्रहरीले जनाएको छ ।

उनको मृत्यु बारे थप बुझ्न नेपाल प्रहरीको टोली घटना स्थलतर्फ गएको प्रहरीले जनाएको छ । उनको मृत्युबारे आइतबार बिहान प्रहरीलाई जानकारी भएको जनाएको छ ।