झापा दमकका ९६ जनाकै पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ

दमक। झापाको दमक नगरपालिकाबाट पठाइएका ९६ जनाकै पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । दुई पटक गरी दमकबाट ९७ जनाको स्वाब पठाइएको थियो ।

९७ जना मध्ये एक जनाको यसअघि नै रिपोर्ट पोजेटिभ आएको थियो भने बाँकीको रिपोर्ट आज आएको हो ।

बिज्ञापन

रिपोर्ट नेगेटिभ आएसँगै क्वारेन्टाइनमा बस्दै आएका ४३ जनालाई आज नै घर पठाइएको दमक नगरपालिका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो । दमकमा आज पनि स्वाब संकलन गरिने भट्टराईले जानकारी दिनुभएको छ ।