
झापा: मेचीनगर नकलबन्दा निवासी पुर्ण धिमाल वैदेशिक रोजगारीको सिलसिलामा कतार पुग्छन् । साहुको ऋण तिर्ने, परिवारमा खुशी बाढ्ने चाहना बोकेर उनी बिदेशिएका थिए । काम राम्रै थियो, कमाइ पनि ठिकै थियो । उनले बिदेशमा राम्रो काम पाएपछि बृद्धअवस्थामा पुगेकी आमा, जिन्दगीको एउटै मात्र सहारा र खुशी को रूपमा रहेकी ७ वर्षीय छोरी र श्रीमती देउ कुमारीको अनुहारमा राम्रै खुशी छाएको थियो ।

भगवानले परिक्षा पनि राम्रै लिदा रहेछन् । बिदेशमा काम गर्न थालेको ६ महिना मात्र भएको थियो, घरबाट श्रीमती देउ कुमारी ढाड दुखेर सारै भएको खवर आउँछ । हस्पिटल पुर्याइन्छ, सामान्य उपचार हुन्छ अनि घर ल्याइन्छ ।एकदिन श्रीमतीले फोनमा भन्छिन्, ‘बुढा मलाई निको हुन्छ जस्तो छैन, सहनै नसक्ने गरि ढाड दुख्न थाल्यो ।’एकदिन फेरि श्रीमतीको फोन आउँछ, ‘बुढा मलाई निको नहुने रोग लागेको जस्तो छ, उपचार गर्न भरतपुर जानुपर्छ अरे ।’




खबर सुनेर परिवारको खुशी बटुल्न हिडेका धिमालको संसार अध्यारो हुन्छ । ऐलानी जग्गामा बनेको सानो घर, झ्यालबाट टुलुटुलु हेरि रहने बृद्धअवस्था कि आमा, भरखरै स्कुल जान थालेकी सानी छोरी अनि टाउको भरीको ऋणको बोझ अनि श्रीमतीलाई लागेको अकल्पनीय रोग । के गर्ने कसो गर्ने भनेर छट्पटाएका धिमाल कतार देशलाई र आफुले गर्दै गरेको कामलाई चट्क्कै छोडेर मातृभूमि फर्किन्छ्न् ।
काठमाडौको सिभिल हस्पिटलमा लगेर चेक जाँच गर्छन् । बोन म्यारोको क्यान्सर भएको थाहा पाए संगै उपचार गर्न १८ लाख लाग्ने समेत थाहा पाउछन् र आफ्नो भागमा परेको थोरै जग्गा बेच्दा पनि उपचार गर्न नपुग्ने देखेपछि उनी पिडामा छट्पटी रहेका छन् ।
बिदेश बाट फर्किदा उनले केही ल्याउन पाएनन् । मात्र ऋण माथी ऋणको भारी । उनको परिवारमा अहिले ठूलो बज्रपात परेको छ ।महिनाको १ लाख भन्दा बढी खर्च हुन्छ, साथीभाइको सहयोगमा उपचार हुँदैछ ।बोनम्यारोको समस्या मात्र होइन पित्तथैलीमा २६ मिमि को स्टोन समेत देखिएको छ ।
१४/१५ लाख ऋण किस्ता तिर्नु कि श्रीमतीलाई उपचार गर्नु भन्दै पीडा व्यक्त गर्दै उनले २/३ लाख भए देखि हस्पिटल लगेर उपचार सुरु गर्ने थिए भन्दै सहयोगको लागि सबैसंग अपिल गरेका छन् ।
श्रीमतीको उमेर मात्र ३२ वर्ष । श्रीमतीलाई यति घातक रोग लाग्छ भन्ने उनले कहिल्यै सोचेका थिएनन् । डाक्टरले उनलाई रोग दोश्रो स्टेजमा पुगेको भनेको छ । काठमाडौ बानेश्वरमा रहेको सिभिल हस्पिटल बोनम्यारो ट्रान्स्प्लान्ट गर्न १८ लाख लाग्ने बुझेको उनी बताउछन् । एकातिर पैसाको अभाव अर्को तिर कोरोना महामारी, काठमाडौ पुग्न समेत खल्तीमा भाडा छैन ।
‘१५/१५ दिनमा बिर्ता सिटी हस्पिटलमा गएर ब्लड चडाउने गरेको छ, छिटो उपचार गराइहाल्नु भन्ने डाक्टरको सल्लाह छ’ उनी चिन्तित हुँदै पीडा व्यक्त गर्छन् ।
सहयोगको अपिल
पैसा कमाउने र परिवारको अनुहारमा खुशी भर्ने सपना पूरा हुन नसके पनि ६ महिना लामो बिदेशको बसाइमा उनलेे साथीभाइहरु भनें राम्रै कमाउन सकेका रहेछन् । बिदेश बाट साथीहरूले ३/४ लाख पठाइदिएको र त्यही पैसाले अहिलेसम्म उपचार गराउन पाएको धिमाल बताउछन् । नगर प्रमुखले ५ हजार गाडी खर्च दिन सक्ने गम्भीर प्रकृतिका उपचारमा नगरपालिकाको तर्फ २५ हजार मात्र उपलब्ध हुने जानकारी पाएको धिमालको भनाइ छ ।देश तथा विदेशमा हुने मनकारी साथिभाईले सहयोग गरे श्रीमतीलाई बचाउन सकिने आशले धिमाल मिडियामा आएको बताउँछन् ।
दुखमा परेका नेपाली दाजुभाइलाई बचाउनको लागि थोपा थोपा सहयोग पर्याप्त हुन्छ । ओमकार टाइम्स मिडिया आर्थिक सहयताको लागि धिमाल दम्पतीलाई ९८४२७५७९५३मा सम्पर्क गरि सहयोग पुर्याइदिनुहोस् भन्ने हार्दिकता साथ अनुरोध गर्दछ ।