गौरादहमा सयौं विद्यार्थीको भविष्यमाथी खेलबाड, दोषीले माफी माग्नुपर्ने माग

झापा। आजबाट मुलुकभर त्रिभुवन बिश्वबिधालय अन्तर्गतको बिबिएस तेस्रो बर्षको परीक्षा सुरु भएको छ।

गौरादह नगर क्षेत्रका दुई क्याम्पस (प्रज्वल कलेजियट र गौरादह बहुमुखी क्याम्पस)को परीक्षा केन्द्र रहेको गौरादह कृषि क्याम्पसमा विद्यार्थीहरु परीक्षा लेख्नका लागी जम्मा भईसकेका थिए।
परीक्षा दिउँसो १२ बजे देखी थियो। तर परीक्षा केन्द्र परिसरमा आईपिएम समापन कार्यक्रम आयोजना भएका कारण विद्यार्थीहरुले होहल्लाका बीच परीक्षा लेख्नु पर्यो।

बिज्ञापन

 

`त्यही समयमा कृषि क्याम्पस परिसरमा चर्को माईक र डिजे बज्न सुरु भयो, प्रश्न धेरै सजिलो थियो तर पनि सोचेर लेख्न सकिएन´ विद्यार्थी अशोक कार्की बताउछ्न। `हामिले कुरा राख्दा समेत बेवास्ता गरियो, सयौं विद्यार्थीको भविष्य माथि खेलबाड गरिएको छ। सम्बन्धित पक्षले माफी माग्नुपर्छ´ अर्का परीक्षार्थी यदुनाथ सुबेदीले आक्रोश व्यक्त गरे।

 

त्यसो त परीक्षा शान्त वातावरणमा लेख्न पाउनु विद्यार्थीको हक हो। परीक्षा शान्त तथा कोलाहल रहित बाताबरणमा संचालन हुनुपर्ने थियो। गौरादह कृषि क्याम्पसको अपरिपक्व कार्यक्रम र परीक्षा संचालन गर्ने समितिको फितलो ब्यबस्थापनको कारणले अशान्त वातावरणमा विद्यार्थीहरु परीक्षा लेख्न बाध्य भए।

यसै सन्दर्भमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघका केन्द्रिय महासचिव रबिन्द्र ढुंगानाले आफ्नो फेसबुकमा स्टाटस लेख्दै सम्बन्धित पक्षले माफी माग्नु पर्ने बिचार व्यक्त गरेका छ्न।