झापाको गौरीगञ्ज नाकाबाट बढ्यो तस्करी,सरोकारवाला निकायहरु निन्द्रामा

दमक । लकडाउनको मौका पारेर झापाको गौरीगञ्ज नाकाबाट तस्करी बढेको पाइनथालेको छ ।बिशेष गरेर गुट्खा, खैनी,लागुओैषधहरुको तस्करी बढेको स्थानीय वासिन्दाहरु बताउछन् ।

 

बिज्ञापन

स्थानीय जनप्रतिनिधिहरु र प्रहरीहरुसंगकै मिलेमतोमा तस्करहरु सक्रिय हुने गरेको स्थानीय वासिन्दाको आरोप छ ।`बोराका बोरा खैनि गाउँपालिका अध्यक्ष कै घर अगाडिबाट जादा पनि नदेख्नु आश्चर्यको कुरा हो ´ एक स्थानीयले नाम नलेख्ने शर्तमा ओमकार टाइम्स प्रतिनिधिलाई बताए ।

 

`यहाँ खैनि , गुट्खा , रजनिगन्धा बोराका बोरा पारिबाट आउदा त्यो त समात्दैनन् तर पारिबाट लागुओैषध खाएर बेहोस् भएर लागुओैषध बोकेर हिड्दा पनि छुट दिईन्छ ´ एक स्थानीय बृद्धले ओमकार टाइम्ससंग कुरा गर्दै भने ।

 

त्यसो त गौरिगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराज श्रेष्ठ आफै होलसेल किराना पसलका मालिक हुन् ।उनकाे पसालमा आउने अधिकांश सामान भारतबाट भन्सार नतिरी आउने गरेको स्थानीयको आरोप छ ।उनी आफैले भारतबाट सामान ल्याउनको लागि मान्छे समेत राखेको स्थानीयवासी बताउछन् ।`अध्यक्ष ज्यु कै पसलमा अहिले गएर हेर्ने हो भने भारतीय सामनहरुले भरिएको देखिन्छ । उहाँ आफैले मान्छे राखेर भन्सार नतिरी सामान ल्याउनु हुन्छ , अब तस्करीको त कुरै छाडौं ´ एक स्थानीयले ओमकार टाइम्सलाई बताए ।

 

यसै सन्दर्भमा गौरिगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठसंग ओमकार टाइम्स प्रतिनिधिले जिज्ञासा राख्दा त्यसरी प्रचारप्रसारमा आएजस्तो गौरिगञ्ज नाकाबाट तस्करी नहुने जिकिर श्रेष्ठको छ । `तपाईहरुले भनेजस्तो तस्करी व्यापक रुपमा हुने गरेको छैन अलि अलि छिटफुट घटना चाहिँ हुनेगरेका छन् ´ श्रेष्ठले भने । अनि तपाईं आफैंलाई तस्करी गर्ने गरेको आरोप छ नि ? भन्ने ओमकार टाइम्सको प्रश्नमा श्रेष्ठले भने ` यो सबै गलत कुरा हो , मेरो किराना पसलको व्यापार छ तर म जनप्रतिनिधि भएपछि व्यापार म हेर्दिन , यी आरोप गलत हुन् ´

 

सिमा सुरक्षाको लागि गौरिगञ्जमा खटिएका सशस्त्र प्रहरीका निरिक्षक साइमन श्रेष्ठ पनि तस्करी नहुने कुरामा जिकिर गर्छन् ।`हजुरहरुले भने जस्तो तस्करी हुदैन , कहिलेकाही भन्सार नतिरी सामान ल्याउन खोज्छन् हामीले सकेसम्म पक्राउ गरेकै हुन्छौं ´ श्रेष्ठले वताए ।

 

स्थानीय प्रशासन र जनप्रतिनिधिको नाकैमुनीबाट तस्करी भएका घटनाहरु सार्वजनिक हुदापनि सरोकारवालाहरुले सामान्य रुपमा लिनु आफैंमा शंकास्पद देखिन्छ ।स्मरण रहोस् गत शनिवार तस्कर र प्रहरीविच झडप हुदा हवाई फायरसम्म गर्नुपरेको थियो ।