२५५ जना कोरोना संक्रमित थपिए, २५३ डिस्चार्ज

बुधबार थप २५५ जनामामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा २५३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ हजार ७५२ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

बिज्ञापन

देशभर सञ्चालनमा रहेका २५ वटा प्रयोगशालमा पछिल्लो २४ घण्टामा ४ हजार ६९६ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहनेको संख्या २५ हजार ४० रहेका छन् भने ८ हजार ६३६ आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।