
दमक / झापाको अर्जुनधारामा सामूहिक कुटपिटबाट २२ वर्षीया गंगा रार्ईको मृत्यु भएको छ। शनिश्चरे क्याम्प्सनजिक डेरा गरी बस्दै आएकी रार्ईलाई गएराति ११:३० बजे पाँचजना महिलाले कुटपिट गरेका थिए।
कुटपिटमा संलग्न ३२ वर्षीया सुस्मिता भुसालले श्रीमान रमेश भुसाल गंगा रार्ईको कोठामा गएको भन्दै अन्य महिलासहित कुटपिट गरेकी हुन्। गम्भीर घाइते भएकी रार्ईको उपचारको क्रममा बिर्तासिटी अस्पतालमा आज बिहान १:२० बजे मृत्यु भयो।
पाँच महिला र रमेश भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिज्ञापन



