रतुवामाई वृक्षारोपण आयोजनाद्वारा निःशुल्क विरुवा वितरण

झापा — झापास्थित रतुवामाई वृक्षारोपण आयोजनाले निःशुल्क विरुवा वितरण सुरु गरेको छ । राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्तरगत आयोजनाले टिक, मसला, अनार र सिताफलका विरुवा वितरण सुरु गरेको हो ।

वन तथा वातावरण मन्त्रालयको कार्यक्रम अन्तरगत स्थानीय कृषकलाई लक्षित गरेर ३ लाख भन्दा बढी विरुवा वितरण गरिने रतुवामाई बृक्षारोपण आयोजनाका प्रमुख खेमलाल विकले जानकारी दिए । स्थानीय नागरिकले विरुवा लिन आउँदा निवेदनका साथमा नागरिकताको प्रमाणपत्र, धनिपुर्जा, चालु आर्थिक वर्षको मालपोत तिरेको रसिद पेश गर्नुपर्ने प्राबधान रहेको आयोजनाका प्रमुख बिकले जानकारी दिए । एक हजार भन्दा बढी विरवा लाने कृषकलाई आयोजनाले ढुवानी गरिदिने समेत प्रमुख विकले बताए ।

बिज्ञापन