
सिरहाको मिर्चैया नगरपालिकामा निर्वाचित उम्मेदवारको नाम घोषणा गर्न निर्वाचन अधिकृतको कार्यालयले आलटाल गरेको भन्दै नेकपा माओवादी केन्द्रले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको छ ।

अन्तिम मत परिणामअनुसार मिर्चैया नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा श्रवणकुमार यादव र उप प्रमुखमा जिवछीदेवी साह पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाइमा निर्वाचन अधिकृत, स्थानीय प्रहरी प्रशासनविरुद्ध पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् ।
बिज्ञापन



