
काभ्रे, १२ असार । काभ्रेमा वहुमूल्य बोधिचित्त लुटपाटको प्रयास रोक्न प्रहरीले गोली चलाएको छ ।

काभ्रेको रोशी गाउँपालिका–३, सिपालीमा प्रहरीले गोली चलाएको छ । बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँ पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएपछि नियन्त्रणका लागि प्रहरीले गोली चलाएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिएका छन् ।



प्रहरी टोलीले बाटोमा बम जस्तो देखिने वस्तु पनि राखेको सूचना दिए पनि विस्तृत जानकारी आइनसकेको उनले बताएका छन् ।

यता काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले घटनामा पाँच जना घाइते भएको बताएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
‘लुटेरा समूहको कुटपिटबाट उनीहरु घाइते भएका हुन्’, पौडेलले भने, ‘प्रहरीलाई छेक्न बाटोमा बम राखिएको रहेछ, त्यसैले उनी समातिएनन् ।’ गएको मध्यराति भएको घटनामा संलग्न केहीको पहिचान भइसकेको उनी बताउँछन् । उनीहरुको खोजी थालिएको पौडेलले बताए ।