श्रीलंका र माल्दिभ्सबाट १५४ नेपाली स्वदेश फर्किए

काठमाडौं– श्रीलंका र माल्दिभ्सबाट एक सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।

 

बिज्ञापन

मंगलबार राती ८ बजेर १५ मिनेटमा हिमालयन एयरलाइन्सको उडान नं एच ९६७३१ बाट उनीहरू फर्किएका हुन्।

 

संकट व्यवस्थापन केन्द्रका अनुसार माल्दिभ्सबाट १ शव पनि ल्याइएको छ । त्यसैगरी श्रीलंकाबाट छ जना र माल्दिभ्सबाट १ सय ४९ जना स्वदेश आएका छन् ।

 

उनीहरूको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले ८९ जनालाई होटल क्वपारेन्टाईन, छ जनालाई होम क्वारेन्टाईन र ६० जनालाई उपत्यका भित्र स्थापना गरेको बिभिन्न क्वारेन्टाईन पठाईएको केन्द्रले जानकारी दिएको छ ।