प्रधानमन्त्रीको एडीसी बताउने नेपाली सेनाका मेजर जुवा खालबाट पक्राउ

काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीलाई पक्राउ गरेको छ ।

 

बिज्ञापन

टोखामा प्रहरीले चलाएको जुवा अपरेशनका क्रममा शाही पक्राउ परेका हुन् ।

 

उनले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भएको बयान दिएको जनाइएको छ । शाहीसहित प्रहरीले थप ८ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ ।

 

पक्राउ पर्ने अन्यमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा छन् ।