
बुटवल । दाङको गढवा गाउँपालिका ०१, जेठान गाउँस्थित राप्ती नदीको किनारमा पार्किङ् गरेर राखिएका ५ वटा एक्साभेटर आगजनी भएको छ ।

प्रहरीका अनुसार, अज्ञात समूहबाट भएको आगजनीमा चारवटा एक्साभेटर पूर्णरुपमा जलेर नष्ट भएको र एउटामा आंशिक क्षति पुगेको छ ।
बिज्ञापन



कल्याणकोट–कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणको काममा संलग्न एक्साभेटरमा आगजनी गरिएको प्रहरीले बताएको छ ।
