
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) विज्ञहरुसँग छलफल गर्ने भएका छन् ।७२ दिनदेखि जारी लकडाउनको मोडालिटीका बारेमा प्रधानमन्त्री ओलीले आज विज्ञहरुसँग छलफल गर्न लागेका हुन् ।




सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत वर्ष चैत ११ गतेदेखि लकडाउने गरेको थियो ।बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा अपराह्न ४ बजे बस्दैछ ।

बैठकमा आर्थिक, सामाजिक, स्वास्थ्य लगायत क्षेत्रका २५ जना विज्ञहरुलाई छलफलका लागि प्रधानमन्त्री ओलीले बालुवाार बोलाएको उनको सचिवालयले जनाएको छ ।
सरकारले उक्त छलफलपछि मात्रै लकडाउनको मोडालिटीबारे निर्णय लिने तयारी गरेको छ । सरकारले कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रणका लागि जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याए पनि नेपालमा संक्रमितहरुको संख्या दिन प्रति दिन वृद्धि भइरहेको छ ।
लकडाउनले आर्थिक क्षेत्र डामाडोल हुन सक्ने भन्दै व्यवसायीले लकडाउनको मोडालिटि परिवर्तन गर्न सरकारलाई दवाव दिइरहेका छन् ।
यता कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र मुख्यसचिव नेतृत्वको एम्सन टिमले लकडाउनको नयाँ मोडालिटी तयार पारेको छ । सीसीएमसी सचिवालय र मुख्यसचिव नेतृत्पको एक्सन टिमबाट तयार पारिएको सिफारिसका आधारमा लकडाउन खुकुलो हुने गरी नयाँ कार्ययोजनाको खाका तयारी पारिएको हो ।