
सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सेनालाई पनि परिचालन गर्ने निर्णय गर्दै उसका लागि १२ जिम्मेवारी तोकेको छ ।




संविधानको धारा २६७ को ४ अनुसार सरकारले सेनासमेत परिचालन गर्ने निर्णय गरेको हो । संविधानको उक्त धाराको उपधारा ४ मा विपद र विकास निमार्णका काममा सेना परिचालन गर्न सक्ने व्यवस्था छ ।

सरकारले भारत र अन्य देशबाट नेपाल आउने नागरिकलाई स्वेदश आएपछि सहजीकरण गर्ने २६ बँुदे कार्ययोजना पारित गरेको छ । जसमा कुन मन्त्रालयले मुख्य जिम्मेवारी लिने कसले सहयोगी भूमिका निर्वाह गर्ने भनेर किटानी गरेको छ ।
सेनाले १० वटा कामको नेतृत्व गर्ने छ भने अन्य काममा सहयोगी भूमिका निभाउने छ । जसमा सेना यी १२ वटा कामको गर्ने छ । जसमा ५ काममा प्रमुख नेतृत्व गर्ने छ र ७ काममा सहायक भूमिका निभाउने छ ।
प्रमुख भूमिकामा सेना
१.होल्डिङ सेन्टरको छनौट गरी निर्धारण गर्ने र प्रदेशगत रुपमा व्यवस्थापन गर्ने ।
२.प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टरमा पु¥याइ होल्डिङ सेन्टरबाट होटल क्वारेन्टाइन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा पु¥याउन आवश्यक यातायातका साधनको व्यवस्था गर्ने ।
३.सीमा नाकामा रहेका होल्डिङ सेन्टरको व्यवस्थापन गर्ने ।
४.काठमाडौंमा रहेको होल्डिङ सेन्टरको व्यवस्थापन गर्ने ।
५. क्वारेन्टाइनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापन गर्ने ।
सहायक भूमिकामा सेना
१.नेपाल भारत सीमाका प्रवेश विन्दु व्यवस्थापन गर्ने ।
२.नेपाल भारत सीमाका प्रवेश विन्दुमा नेपाली नागरिक आएपछि होल्डिङ सेन्टरमा निजको ठेगाना सहितको व्यक्तिगत विवरण तयार गर्ने ।
३.भारतबाट आउनेलाई होल्डिङ सेन्टर र तेस्रो देशबाट आउनेलाई विमानस्थलमा स्वास्थ्य स्वघोषणा फारम भर्न लगाउने र ज्वरो मापन लगायतका स्वास्थ्य जाँच गर्ने ।
४.भारत बाहेक तेस्रो देशबाट आउने नागरिकले हवाई उडान, यातायात र होटल क्वारेन्टाइन खर्च व्यहोर्ने ।
५.भारत तथा अन्य मुलुकबाट नेपाल प्रवेश गरेकाहरुलाई जिल्ला सदरमुकाम हुदै सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनसम्म पु¥याउने ।
६. क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परीक्षण गर्ने ।
७. समग्र कार्यको सञ्चालन, अनुगमन, नियन्त्रण र निर्देशन गर्ने ।