कांग्रेस केन्द्रीय सदस्य (महिला खुला) र (मधेसी) तर्फको मतगणना जारी

काठमाडौं — नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिला खुलातर्फको मतगणना जारी छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव एवं अधिवक्ता जगन्नाथ श्रेष्ठका अनुसार सोमबार बिहान १० बजेदेखि पुनः मतगणना सुरु भएको हो ।

बिज्ञापन

आइतबार राती पनि केन्द्रीय सदस्य (महिला खुला) र (महिला मधेसी) तर्फको मतगणना भएको थियो । आज महिलाको चार र मधेसी खुला र महिलाको तीन समूहमा मतगणना भइरहेको छ ।

कांग्रेसको खुला महिलातर्फ नौ पदका लागि ३० प्रतिस्पर्धी हुनुहुन्छ । यसैगरी महिला मधेसीतर्फ चार पदका लागि पाँच प्रतिस्पर्धी छन् ।

कांग्रेस केन्द्रीय सदस्य मधेसी (खुला) पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा छन् ।