अमेरिकामा एकैदिन मृत्यु हुनेको संख्या २४ भन्दाबढी , संक्रमित संख्या ६ लाख नाघ्यो

एजेन्सी । अमेरिकामा मंगलबार एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ ।

 

बिज्ञापन

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २६ हजार ९ सय ४५ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या ६ लाख १३ हजार ८ सय ८६ पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७३ को स्थिती नाजुक छ भने ३८ हजार ८ सय २० निको भएर घर फर्किसकेका छन् ।