खाद्य उद्योगमा आगलागी हुदा करिब २ करोड बराबरको क्षति

काठमाडौं : भरतपुर महानगरपालिका वडा नं.४ लंकुमा रहेको सारस फुड उद्योगमा विद्युत् चुहावट भइ आगलागी हुँदा करिव २ करोड बराबरको क्षति भएको छ ।

 

बिज्ञापन

आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । व्यवसायी रेखा अग्रवालले सञ्चालन गरेको सो उद्योगमा आज बिहान आगलागी भएको थियो ।

 

आगो निभाउन पाँच वटा दमकल, स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका थिए । रासस