
काठमाडौं : अमेरिकी सरकराले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् ।

बिज्ञापन




हिजो (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत राष्ट्रपति ट्रम्पले यो समय निकै महत्वपूर्ण रहेको कारण कारोना भाइरस फैलिनबाट रोक्नका लागि पूरै कोसिस गर्ने बताए । साथै यो अप्ठ्यारो परिस्थितिको डटेर सामना गने समेत उनले बताए ।
यो आर्थिक संकट नभएर यो क्षणिक संकट रहेको जानकारी दिँदै ट्रम्पले आर्थिक नोक्सानी व्यहोर्न बाध्य साना व्यवसायीलाई मद्दत गर्ने गरी थप ५० अर्ब डलरको राहत प्याकेज घोषणा गरेका छन् ।
त्यस्तै संक्रमण रोक्ने प्रयासस्वरूप यूरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका लागि रोक लगाएका छन् ।