
काठमाडाैं : एशिया ईस्टर्न रीजन टी२० क्रिकेटमा नेपालले आयोजक थाईल्यान्डलाई नौ विकेटले पराजित गरेको छ। प्रतियोगितामा मलेशिया र हङ्कङसँग हारेको नेपालको यो पहिलो विजय हो।

बिज्ञापन



करण केसीले तीन विकेट लिएपछि टस जितेर ब्याटिङ रोजेको आयोजक थाईल्यान्ड ६६ रनमा सीमित भएको थियो। नेपालले ५.३ ओभरमा एक विकेट गुमाएर विजय लक्ष्य प्राप्त गरेको थियो।

नेपालका लागि नटआउट रहेका कुशल मल्लले १८ बलमा ३६ र पवन सर्राफले १० बलमा २७ रन बनाए। पारस खड्का नौ रनमा आउट भए। नेपालले शुक्रवार सिङ्गापुरसँग आफ्नो अन्तिम खेल खेल्नेछ।