
आइसीसी विश्व क्रिकेट लिग टुमा नेपालले ओमानलाई जितका लागि २५० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको हो ।

बिज्ञापन



काठमाडौंमा जारी नेपाल अमेरिका र ओमानबीचको त्रिकोणीय सिरिजमा नेपालले बनाएको यो सर्वाधिक रन जोडेको हो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए भने पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेख र कुशल मल्लले समान २८/२८ तथा सुवास खकुरेलले २२ रनको योगदान दिए ।
यसैगरी करण केसी र सन्दिप लामिछानेले समान १०/१० रन बनाउँदा कमलसिंह ऐरीले ९ रन बनाए ।
ओमानका लागि अकिब इल्यासले ४ विकेट लिए भने मोहम्मद नदिमले ३ विकेट हात पारेका थिए ।
ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाल आज ओमानलाई हराएर बदला लिने दाउमा रहेको छ ।