
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्लाका नेता हरिदेव गिरीको को हत्या आशंकामा ४ जनालाई पक्राउ गरिएको छ ।




उनको मृत्यु नभइ हत्या भएको भन्दै प्रहरीमा उजुरी गरेपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो । गिरीलाई गत मंगलबार नयाँबानेश्वरको आलोकनगरमा रहेको डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि सिभिल अस्पताल लगिएपनि उनको मृत्यु भएको थियो ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीका अनुसार अस्पतालले राति १० बजेतिर सिभिल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरिएको बताएका छन् ।
यस्तै काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले अनुसन्धान गरिरहेको बताउँदै शंकास्पद ४ जनालाई नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको बताएका छन् । त्यसबेला त्यहाँ उपस्थित होटल सञ्चालक र कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको र बानेश्वर वृत्तमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
प्रारम्भिक अनुसन्धानमा उनको टाउको, घाँटी र तीघ्रामा चोट देखिएको छ भने खुट्टाको हड्डी पनि भाँच्चिएको देखिएको प्रहरीको भनाई छ । गिरि दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, रेन्बो स्कुलका संस्थापक तथा प्याब्सन भक्तपुरको सल्लाहकार समेत थिए ।