

वैदेशिक रोजगार विभागले गएको १० महिनाको अवधिमा ७३ वटा म्यानपावर कम्पनीमा अनुगमन गरेको छ । वैदेशिक रोजगारीको खोजीमा रहेका, विदेश जाने क्रममा रहेका र विदेशमा श्रमिकलाई अलपत्र पार्ने ७३ वटा म्यानपावर कम्पनीमा अनुगमन गरिएको विभागले जानकारी दिएको छ ।



गएका ३ वर्षमा करिब १ सय ४० वटा म्यानपावरमा अनुगमन भएको छ । चालू आर्थिक वर्ष सुरु भएको ६ महिनामा मात्र २६ वटा म्यानपावर कम्पनीमा आकस्मिक अनुगमन (स्टिङ अपरेसन) गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीहरुलाई नेपाल फर्काउनको लागि पहल गरेका छन् । चीनमा रहेका नेपालीहरुको विषयमा राजदुतावाससँग जानकारी लिने काम पनि मन्त्रालयले गरिरहेको छ ।
कोरोना भाइरसका कारण आतंकित नेपालीहरुलाई नेपाल ल्याउनको लागि चिनियाँ सरकारसँग आग्रह गरेसँगै चीनमा रहेका नेपालीहरुलाई नेपाल फर्काउनको लागि तयारी थालिएको छ । यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग भेट गरेर नेपाली विद्यार्थीको विषयमा जानकारी लिदै उनीहरुलाई नेपाल फर्काउनको लागि आवश्यक तयारी भएको बताएका थिए ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग एक हप्ताका लागि बन्द भएको छ । लोकमार्गको दैलेख जिल्लाअन्तर्गत भगवतीमाई गाउँपालिकामा रहेको लोहोरे–बेस्तडा सडकखण्डमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ ।
लोकमार्गको लोहोरे–बेस्तडा–मन्घर सडकखण्डको छाँच भिरमा भएको ठाडो कडा चट्टानलाई काट्नुपर्ने र यस क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले हिजो शनिबारदेखि यही माघ २४ गतेसम्म सडक बन्द गर्ने आयोजनाले जनाएको छ । अन्य ठाउँमा सडक चौडा भइसकेको भए पनि यस क्षेत्रको कडा चट्टानले बाटो चौडा बनाउने काम रोकिएको थियो ।
विश्व शान्तिको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका ६० बौद्ध भिक्षुले आगामी फागुन १ गतेदेखि काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ गर्ने भएका छन् ।
काठमाडौंको स्वयम्भूदेखि शुरु हुने उक्त पैदल यात्रा फागुन २० गते कनकमुनि बुद्धको जन्म भूमि निग्लिहवा पुगेर समापन गरिनेछ । आनन्दकुटी विहारको संयोजनमा हुने उक्त कार्यक्रममा दैनिक करिब ३० किलोमिटर हिँड्ने लक्ष्य लिइएको छ । यात्राका क्रममा स्कूलको खुला मैदान वा खुला चौरमा बास बस्दै यात्रालाई निरन्तरता दिइनेछ ।
यौन दुव्र्यवहारको आरोपमा सुनसरी प्रहरीले घरैबाट पक्राउ परेका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणालाई अदालत लैजाने तयारी गरिएको छ ।
गत बिहिबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा किटानी जाहेरीपछि प्रहरीले प्रक्राउ तयारी थालेको थियो । जसअनुसार एसएसपी राणालाई शुक्रबार पक्राउ गर्ने तयारी गरेपनि हिजो शनिबार मात्र पक्राउ गरेको हो ।
एसएसपी राणालाई धरानमा रहेको संघीय संघिय प्रहरी इकाइ कार्यालयको एसएसपी निवासबाटै पक्राउ गरिएको स्रोतले जनाएको छ ।
हेटौंडा उपमहानगरपालका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आगलागी भएको छ ।
ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको जनाइएको छ ।
स्थानीयवासी र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगलागी आफैँ अथवा कसैले गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।
उत्तर प्रदेशको बाराबंकी जिल्लाका एक व्यक्ति आफ्नी श्रीमतीको काटिएको टाउको लिएर पूरा शहर घुमेपछि पुलिस थाना पुगेको भारतीय संचार माध्यमले बताएका छन् ।आरोपीको पहिचान अखिलेश रावतको रुपमा भएको छ ।
श्रीमतीको टाउको हातमा लिएर पुलिस थाना पुगेका व्यक्तिलाई देखेर सुरुमा पुलिससमेत आत्तिएको भारतीय संचार माध्यम भास्करले बताएको छ । स्रोतका अनुसार ती व्यक्तिले पुलिसलाई भने, ‘मैले श्रीमतीको हत्या गरिदिए साहब । मलाई पक्राउ गर्नुहोस् ।’
पुलिसको उनको हातबाट टाउको लिन खोज्दा उनले भारतीय राष्ट्रगान र ‘भारत माता की जय’ को नारा लगाएको पुलिस अधिकारीले जानकारी दिए ।
मृतकका पिता गोबिन्दले दुई दिनअघि मात्रै ज्वाईंले आफ्नी छोरीलाई लगेको र उनको हत्या गरेको जानकारी दिए । उनले भने, ‘छोरीको तीन वर्षअघि विवाह भएको थियो । ६ महिना अघि उनीहरुको छोरी जन्मिएको थियो जसको उनीहरुले घाँटी थिचेर हत्या गरेका थिए ।’
छोरीलाई धेरै पटक तान्त्रिक भएठाउँ पुर्याइएको थियोः
गोबिन्दले भने, ‘ज्वाईंले सुनको सिक्री पाएका थिएनन् त्यसकारण उनी रिसाएका थिए । उनी पटक पटक सुनको सिक्री माग गरिरहेका थिए । तर जब उनले सुनको सिक्री पाएनन् तब छोरीको घाँटी नै काटिदिए ।’
उनका ज्वाईं कुनै तान्त्रिकको चक्करमा भएको पनि गोविन्दले आरोप लगाएका छन् । छोरीलाई थुप्रै पटक तान्त्रिक भएठाउँ पुर्याइएको पनि उनले जानकारी दिए । उनले भने, ‘यो घटनामा सबैको मिलेमतो छ । यहाँ सम्म कि छिमेकी पनि यो घटनामा संलग्न छन् । त्यसैले त आज सबैजना ताल्चा ठोकेर फारार भएका छन् ।