सप्तरीमा १ सय ३१ वर्षीय बृद्धको मृत्यु


जनकपुर– नेपालकै जेष्ठ नागरिक १ सय ३१ वर्षीय बृद्धको आज देहान्त भएको छ । सप्तरीको तिरहुत गाउँपालिका वडा नं.१ बस्ने त्रिकौल धनपुरी निवासी रघु बहरखेर यादवको शुक्रबार निधन भएको हो।

बिज्ञापन

विगत लामो समयदेखि बिरामी रहेका रघुको बिहान ११ बजेर ३१ मा निधन भएको परिवारजनले जनाएको छ ।

उनका छोरा भरतलाल बहरखेर साविकको त्रिकौल गाविसका पूर्व उपाध्यक्ष थिए भने उनका नाती हेमन्त बहरखेर (मनोज) वर्तमान तिरहुत गाउँपालिकाका अध्यक्ष छन् ।

यसैबीच रघुको निधनप्रति विभिन्न संघ–संस्था तथा नगरपालिका गाउँपालिकाद्वारा दुःख व्यक्त गर्दै शोकाकूल परिवारलाई धैर्य धारणाको शक्ति प्रदान गरोस् भनि कामना गरेका छन् ।