

सान नेपाल



पथरी / मोरङ

राज्यकोषको चरम दोहन गर्न पल्किएका कर्मचारीहरुले अकुत सम्पत्ति कमाएका घटना त्यति नयाँ होइनन् । २०४६ साल पश्चात् बारम्बार परिवर्तन भइरहने अस्थिर सरकारको फाइदा उठाउदै राज्यकोष लुट्न पल्किएका कर्मचारीहरुको कार्यशैली देखेर आजित नहुने सायद कुनै नेपाली छैनन् होला ।
यस्तै भाग्यमानी कर्मचारीको रूपमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालको निर्वाचन क्षेत्रमा कार्यरत जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले कसरी यतिका सम्पत्ति आर्जन गरे भन्ने बारेमा हिजोआज निकै बहस हुने गरेको छ ।
पुर्खेउली घर मोरङको मिक्लाजुङ गाउँपालिका भएका आचार्य मोरङको पथरी नगरपालिकमा कार्यरत जनस्वास्थ्य निरीक्षकका रूपमा कार्यरत छन् ।
सामान्य दर्जाका निजामती कर्मचारी आचार्य ५० लाख रुपैयाँ पर्ने अत्याधुनिक गाडीमा सवार गर्ने गरेको स्थानीयको भनाइ छ ।
उनी बिहान बेलुका र कार्यालय समयमा समेत उनी आफ्नो `लक्जरियस´गाडीमा सवार रहन्छन् । नेपाल सरकारले दिएको २४/२५ हजारको सामान्य तलब लिने कर्मचारी आचार्य बिगत ११/१२ वर्ष देखि एउटै कार्यालयमा निरन्तर कार्यरत रहनुलाई पनि रहस्यमय ढंगले हेरिन थालिएको छ ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालको छत्रछायामा रहेका आचार्य अकुत सम्पत्ति आर्जन गरेका भाग्यमानी कर्मचारीको रूपमा लोकप्रियता हासिल गरेको स्थानीयहरुले खुलेरै बताउने गरेका छन् ।
कर्मचारी आचार्यको पुर्वका सबै जसो सहरका मुख्य मुख्य जक्सनमा प्रसस्तै घडेरीहरु समेत रहेकोे बताइन्छ । तल्लो तहको सामान्य कर्मचारीको रूपमा कुर्सी ओगटेका आचार्य एउटै कार्यालय बाट रिटायर्ड हुने दाउमा रहेको अनुमान स्थानीयको छ ।
आचार्यको कुर्सीमा बस्ने यी को हुन् ?
ओमकार प्रतिनिधि रिपोर्टिङको सिलसिलामा पौष २४ गते ( आज ) ११: ५८ बजे आचार्यको कार्यकक्षमा प्रवेश गर्दा आचार्य कार्यकक्षमा भेटिएनन् , उनको कुर्सीमा जगत मगर नाम गरेका ब्याक्ती मोबाइल चलाउदै गरेको अबस्थामा भेटिए ।